राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यसम्बन्धी जानकारी संसद् सचिवालयलाई दिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको बताए ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

The current session of the National Assembly ends

काठमाडौँ — राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्‍ले ३० भदाैमा गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी राष्‍ट्रिय सभाको अधिवेशन अन्त्य गरेका हुन् । 

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यसम्बन्धी जानकारी संसद् सचिवालयलाई दिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको बताए । 

प्रतिनिधिसभा यसअघि नै विघटन भइसकेको छ ।

कान्तिपुर

Link copied successfully