कठिन प्रयत्नपश्चात् देशमा शान्तिपूर्ण निकास निकालेँ : राष्ट्रपति पौडेल

भाद्र २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं  — राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निकालेको बताएका छन् । 

राष्ट्रपिति पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै संविधान, संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको उल्लेख गरेका छन् । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका उनको भनाइ छ । 



आगामी फागुन तेस्रो साताका लागि तय गरिएको प्रतिनिधिसभा चुनावमा सहयोग गर्न समेत राष्ट्रपति पौडेलले अपिल गरेका छन् । 'बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु,' विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully