प्रधानमन्त्री कार्कीलाई सबै मन्त्रालयको जिम्मेवारी, शनिबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना 

भाद्र २७, २०८२

गंगा बीसी

काठमाडौं — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । सबै मन्त्रालयको जिम्मेवारी पनि आफैं लिएकी छन् । मन्त्रिपरिषद् विस्तार भने शनिबार हुने संभावना छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।

 



तस्बिर : अनिश रेग्मी, राष्ट्रपति कार्यालय


गंगा

Link copied successfully