राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

राप्रपाका सदस्यहरूले वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भएको भन्दै सामूहिक राजिनामा दिने निर्णय गरेका छन्।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

All MPs of RPP union and state have resigned

काठमाडौँ — राप्रपाका संघ र प्रदेशका सबै सांसदले राजीनामा दिएका छन् । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार वर्तमान सरकार र संसद् तथा संविधानको औचित्य समाप्त भएको भन्दै राप्रपा सांसदले सामूहिक राजीनामा दिएका हुन् ।

आन्दोलनरत जेन-जीको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपाले माग गरेको छ । 

राप्रपाका प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा भनिएको छ, 'देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजिनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ।'

कान्तिपुर

Link copied successfully