‘आजको घटनाबाट संविधान, व्यवस्था र प्रणालीमाथि खतरा आयो । यसलाई बचाउन कांग्रेस सत्ताबाट बाहिर निस्कनुपर्छ’
काठमाडौँ — कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकारबाट तत्काल अलग हुनुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस पदाधिकारीको बैठकमा नेता निधिले व्यवस्था, प्रणालीमाथिनै खतरा उत्पन्न भएको भन्दै कांग्रेस सरकारबाट अलग हुनुपर्ने प्रस्ताव गरेका हुन् ।
‘आजको घटनाबाट संविधान, व्यवस्था र प्रणालीमाथि खतरा आयो । यसलाई बचाउन कांग्रेस सत्ताबाट बाहिर निस्कनुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने,‘त्यसपछि कांग्रेसले राष्ट्रिय वा सर्वदलीय बैठकको प्रस्ताव गर्ने र त्यसको अग्रसरता पनि पार्टीले लिनेगरी जानुपर्छ ।’
