काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
सोमबार भएको जेन-जीहरूको प्रदर्शन र उनीहरूले उठाएका मागहरूका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन्। बैठक मंगलबार बिहान ९ बजे सभापति देउवाको निवासमा बस्नेछ ।