एमाले महाधिवेशन : निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्यक्रम समेटिएको प्रतिवेदन र विधान सर्वसम्मत पारित

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको राजनीतिक प्रस्ताव सर्वम्मत पारित भएको घोषणा भएको छ ।

भाद्र २२, २०८२

गंगा बीसी

UML Convention: The report and statute containing the decisive National Power Building Program were unanimously passed

काठमाडौँ — एमाले विधान महाधिवेशनले राजनीतिक, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावलगायत सबै प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको राजनीतिक प्रस्ताव सर्वम्मत पारित भएको घोषणा भएको छ ।

नेपाली विशेषताको समाजवाद मूल कार्यदिशा, मिसन ०८४ मा निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रस्तावमा उल्लेख थियो । 

त्यस्तै ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकाल हुन नपाउने प्रावधान हटाएको विधान प्रस्ताव पनि पारित भएको छ । विधानले अध्यक्षलाई झन् शक्तिशाली बनाउने बाटो खोलेको छ ।

प्रतिवेदनमाथि मत राख्न १० समूह गठन भएर सुझाव पेस गरेका थिए ।

गंगा बीसी

Link copied successfully