जनतासँग माओवादी अभियान लमजुङमा

माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी राजमार्ग अभियान अन्तर्गत आइतबार लमजुङको सुन्दर बजारमा सभा गर्न लागेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Maoist campaign with people in Lamjung

काठमाडौँ — माओवादी केन्द्रको जनतासँग माओवादी मध्यपहाडी राजमार्ग अध्ययन लमजुङ पुगेको छ। माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी राजमार्ग अभियान अन्तर्गत आइतबार लमजुङको सुन्दर बजारमा सभा गर्न लागेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बैतडीबाट जेठ १ मा सुरु भई १२ मा पोखरा पुगेर स्थगित भएको अभियान सरकारविरुद्ध आन्दोलनको रुपमा अघि बढाउन लागेको हो।

यसपटकको अभियान भदौ २५ गते नुवाकोटमा पुगेर स्थगित गर्ने उनले बताए उनले मौसम हेरेर त्यसपछि फेरि मध्यपहाडी राजमार्ग अभियान सुरु गरी पाँचथर पुगेर समापन गर्ने कार्यक्रम रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

कान्तिपुर

Link copied successfully