मध्यपहाडी लोकमार्ग अभियानका लागि दाहाल पोखरामा

माओवादी केन्द्रको १६ र १७ साउनमा बसेको स्थायी समिति बैठकले बाँकी जिल्लामा २१ भदौदेखि अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

भाद्र २१, २०८२

दीपक परियार

Dahal in Pokhara for Madhyapahari Lokmarg campaign

पोखरा — माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्न अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार पोखरा आएका छन् । बैतडीको पाटनबाट २ जेठमा सुरू भएको अभियान बर्खाका कारण १२ जेठमा पोखरामा स्थगित भएको थियो ।

शनिबार कास्कीको रुपा गाउँपालिका-१ स्यास्त्रीस्थित सहिद पार्कबाट अभियान पुनः सुरु हुने भएको हो । माओवादी केन्द्रको १६ र १७ साउनमा बसेको स्थायी समिति बैठकले बाँकी जिल्लामा २१ भदौदेखि अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully