एमालेको संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१

संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको एमालेले जनाएको छ ।

भाद्र २०, २०८२

गंगा बीसी

Organized members of UML are 662 thousand 961

What you should know

गोदवारी, ललितपुर — एमालेको पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको एमालेले जनाएको छ ।

महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमा अहिले ६४ हजार ७ सय ६ कमिटीमा फर्मेसन रहेको जानकारी दिए । कतिपय जनसंगठनहरुको संख्या यकिन तथ्यांक अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको विवरण महासचिवले पेस गरे । डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको महासविच पोखरेलले बताए  । कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ छन् ।

प्रदेशअन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजार १ सय १ रहेका छन् । कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी छन् ।

त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गरी कुल ७ हजार ९ सय ३० रहेका छन् । 

बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी रहेका छन् ।

गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी रहेका छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी रहेका छन् ।

कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी रहेका छन् ।

सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी रहेका छन् ।

त्यसैगरी समन्वय सम्पर्कअन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन् । प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी रहेका छन् । 

प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी रहेका छन् । 

तथ्यांकहरुलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६ सय ३३, वडामा १ लाख ७४ हजार २ सय ४५,  टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन् ।

गंगा बीसी

Link copied successfully