बैतडीबाट जेठ १ मा सुरु भई १२ मा पोखरा पुगेर स्थगित भएको अभियान सरकारविरुद्ध आन्दोलनको रुपमा सुरु गर्न लागेको हो ।
काठमाडौँ — माओवादी केन्द्रले स्थगित भएको ‘जनतासँग माओवादी अभियान’ भदौ २१ बाट पुनः सुरु गर्ने भएको छ । बैतडीबाट जेठ १ मा सुरु भई १२ मा पोखरा पुगेर स्थगित भएको अभियान सरकारविरुद्ध आन्दोलनको रुपमा सुरु गर्न लागेको हो ।
‘अभियान वर्षाका कारण हलभित्र कार्यक्रम गर्ने र मौसम हेरेर बाहिर जनतासँग अन्तरसंवाद गर्ने निर्णय भएको छ,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘मुख्यगरी सरकारविरुद्ध खबरदारीसभा हुनेछन् । सरकार अधिनायाकवादी बाटोमा अघि बढेको, किसानका मागमा सरकार उदासिन देखिन्छ । यो अभियान संघर्षकै रुपमा छ ।’
उनले पार्टी संगठन निर्माणमा पनि गतिविधि केन्द्रित गर्ने बताए । यो चरणको अभियानमा २१ लमजुङबाट सुरु भई २५ गते नुवाकोटमा स्थगित हुनेछ ।
