कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : सभापति देउवा

देउवाले कर्मचारीलाई देश, राष्ट्र र विधानअनुसार मात्र काम गर्न निर्देशन दिँदै पार्टीको आदेश मान्न नहुने स्पष्ट पारे।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Employees should not work under the orders of any party: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए।

उनले देश, राष्ट्र र विधानअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए। निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए।

देउवाले भने, ‘संसद्मा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यस कारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्छौँ। हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ। कर्मचारीको हकहित हेर्ने हो। कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन। देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो, कुनै पार्टीको लागि काम गर्ने होइन। चुनावमा कसलाई भोट दिने, कसलाई नदिने उसको कुरा हो त्यो। तर पार्टीको आदेश मान्ने होइन।’

देउवाले सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए। उनले २१ औँ शताब्दीको आकाङ्क्षाअनुरूप जनतालाई छिटो र छरितो सेवा दिनुपर्ने बताए।

कान्तिपुर

Link copied successfully