रुपन्देही-३ को मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश बस्नेत सिफारिस

रुपन्देहीका लागि रुपन्देही जिल्ला अदालतकै न्यायाधीश अशोककुमार बस्नेतलाई तोक्न परामर्श दिएको हो । साथै मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — न्याय परिषद्ले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दुई जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई परामर्श दिएको छ ।

मंगलबारको न्याय परिषद् बैठकले रुपन्देही-३ र मनाङ प्रदेशसभा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्न परामर्श दिने निर्णय गरेको हो । रुपन्देहीका लागि रुपन्देही जिल्ला अदालतकै न्यायाधीश अशोककुमार बस्नेतलाई तोक्न परामर्श दिएको हो । साथै मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।

रुपन्देहीमा राप्रपाका सांसद दिपक बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो भने मनाङको प्रदेशसभामा दिपक मनाङे सर्वोच्च अदालतबाट अयोग्य ठहर भएपछि उपनिर्वाचन हुन लागेको हो । 

न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेका अनुसार परिषद‍्को सिफारिसपछि मन्त्रिपरिषद्ले उनीहरुलाई तोक्ने छ ।

कान्तिपुर

Link copied successfully