माओवादी केन्द्रसँग एकतालगायत विषयमा छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक

माओवादीसँग एकता गर्दा राजनीतिक सांगठनिक रूपमा कसरी गर्न सकिन्छ भन्ने बारेमा ठोस प्रस्ताव तयार गर्ने नेकपाका नेताले बताए ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Standing committee meeting of CPN to discuss issues including unity with Maoist center

काठमाडौँ — माओवादी केन्द्रसँग पार्टी एकतालगायत विषयमा छलफल गर्न नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाको स्थायी कमिटी बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आइतबार बसेको बैठकमा पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णयको प्रस्तावमा छलफल गर्ने नेताहरुले जनाएका छन् । 

माओवादीको पछिल्लो स्थायी कमिटीको बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । माओवादीसँग एकता गर्दा राजनीतिक सांगठनिक रूपमा कसरी गर्न सकिन्छ भन्ने बारेमा ठोस प्रस्ताव तयार गर्ने नेकपाका नेताले बताए । समाजवादी क्रान्तिको नयाँ मोडल कस्तो हुने, पार्टीको नेतृत्व कसरी अगाडि बढाउने लगायतका विषयमा बैठकले निर्णय गर्नेछ । त्यस्तै बैठकले वाम ध्रुविकरणका लागि अरु दल र नेताहरूसँग छलफल गर्ने जनाइएको छ ।

यसबाहेक नेकपाले आगामी पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव र एजेन्डाको बारेमा पनि छलफल गर्नेछ ।

कान्तिपुर

Link copied successfully