अर्थमन्त्री पौडेल भन्छन् : २०८४ सम्म ओली सरकारभन्दा शक्तिशाली अर्को बन्नै सक्दैन

'कांग्रेस-एमाले दुई वटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसद्‍बाट योभन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । २०८४ सम्म यो सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । ' -अर्थमन्त्री पौडेल

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Finance Minister Paudel says: Until 2084, no one else can become more powerful than the Oli government

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र कांग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् । 

'कांग्रेस-एमाले दुई वटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसद्‍बाट योभन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । २०८४ सम्म यो सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । स्थिर शक्तिशाली सरकार यही हो । यतिबेला के काम गर्नुपर्ने भन्ने हिसाबले काम गरिएको छ,'उनले भने ।   

मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानुनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । उनले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताए ।

योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठीकठाक हुन्छ भन्ने  ठान्न नहुने बताउँदै उनले योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्नेमा जोड दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully