पश्चिम नवलपरासीमा संघीय लोकतान्त्रिक मोर्चाको प्रदर्शन 

प्रदर्शनमा भूमि सम्बन्धी समस्या समाधान आयोगको विधेयक फिर्ता र जनता समाजवादी पार्टी ( जसपा) पश्चिम नवलपरासीले गौर घटनाको विषयलाई जोडेर अध्यक्ष उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

भाद्र ९, २०८२

नवीन पौडेल

Demonstration of Federal Democratic Front in West Nawalparasi

परासी — संघीय लोकतान्त्रिक मोर्चाले पश्चिम नवलपरासीमा विरोध प्रदर्शन गरेको छ । ।

राँके जुलुससहित जिल्लाको बेलाटारीमा भएको प्रदर्शनमा भूमि सम्बन्धी समस्या समाधान आयोगको विधेयक फिर्ता र जनता समाजवादी पार्टी ( जसपा) पश्चिम नवलपरासीले गौर घटनाको विषयलाई जोडेर उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकारविरुद्ध नाराबाजी भएको थियो । 

मोर्चामा आबद्ध दलका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका थिए । 

प्रदर्शनको क्रममा प्रदर्शनकारीले बोकेको राँको खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडपको स्थिति आएको थियो । 

भूमि सम्बन्धी समस्या समाधानको विधेयकमा असहमति राख्दा राज्यले अदालतमार्फत गौर घटनाको विषयमा उपेन्द्र यादवप्रति राजनीतिक प्रतिशोध राखेकाले विरोध प्रदर्शन गरेको जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully