साथीहरू नेता भन्छन् तर च्यासलले मेरो सदस्यतामै प्रश्न उठायो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता र आलोचना सम्बन्धी प्रश्नको जवाफ दिँदै इतिहासले सबै प्रकट गर्ने बताइन्।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Friends say leaders but Chasal raised the question of my membership: Former President Bhandari

What you should know

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताएकी छिन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताइन् । 

राष्ट्रपति हुँदा आफूले गरेको कामहरू इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचनाभन्दा बाहिर नरहेको उनको भनाइ छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पारिन् ।

आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको टिप्पणी गरिन् ।  पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताइन् । 

यस्तो छ भण्डारीको भनाइ

हुन त मेरो सदस्यताको बारेमा प्रश्न छ । साथीहरु नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । नेकपा एमाले अहिले भयो, मैले नेकपा माले हुँदादेखि नै सदस्य भएको हो । २०३७ सालमा सदस्यता लिएको हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भन्यो । मैले गएर शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी गरेको छु । यो सबै इतिहासको पाना खुला छन् । मैले सार्वजनिक रूपमा भनेको छु, म आलोचना भन्दा बाहिर छैन । तर तथ्यका आधारमा हुनुपर्छ । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु । म गरिरहन्छु ।

कान्तिपुर संवाददाता

Link copied successfully