प्रधानमन्त्रीको अस्वस्थताको कारणले आजको संसद् बैठकमा उनको उपस्थिति नहुने छैन एमाले प्रमुख सचेतकले बर्तौलाले जानकारी दिए।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा सांसद सँग प्रश्नोत्तरका लागि उपस्थित नहुने भएका छन् ।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी दिए ।
उनका अनुसार अस्वस्थताका कारण प्रधानमन्त्री सदनमा उपस्थित नहुने भएका हुन् । आज प्रधानमन्त्रीसँग सदनमा सांसदहरुको नियमित प्रश्नोत्तर कार्यक्रम रहेको थियो ।
