माओवादी केन्द्रको आरोप : सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर आतंक मच्चाउन खोज्यो

सरकारले सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउन खोजेको भन्दै सांसदले तत्काल यस्तो प्रयास बन्द गर्न आग्रह गरेका छन्।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Allegation of the Maoist Center: The government tried to create terror by taking over all the machinery of the state

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गरे ।

उनले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलामा प्रधानन्यायाधीश समेत अल्पमतमा पर्ने अवस्था आउनु न्याय सम्पादन प्रक्रियाकै मजाक भएको टिप्पणी गरे । उनले पुरुषलाई बहुविवाह गर्न दिने अधिकारसम्बन्धी कानुनी मस्यौदाको समेत विरोध गर्दै उक्त प्रस्तावलाई अस्वीकार्य करार गरे।

उनले भने, ‘झन्डै दुई तिहाइको सरकारले राज्यका सबै संयन्त्रमाथि कब्जा जमाएर राज्य आतंक मच्चाउन खोजेको हामीलाई आभास भएको छ। प्रतिनिधिसभाका सम्माननीय उपसभामुखज्यूलाई महाअभियोग लगाएर हटाउने भन्ने दुष्प्रयास भइरहेको सुनेका छौँ। यदि त्यस्तो भयो भने ठूलो विडम्बना हुनेछ। यी सबै राज्य आतंक फैल्याउने कार्य बन्द गरियोस्।’

सांसद आलेमगरले प्रतिनिधिसभाकी उपसभामुखलाई महाअभियोग लगाउने प्रयास भइरहेको सुनेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए । उनले राज्य आतंक फैलाउने कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully