विवेकशील साझामा परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन

समान विचारधारा भएका समूह र दलसँग कार्यगत एकता, एकीकरण र मोर्चाबन्दीका लागि समितिले पहल गर्ने पार्टीले जनाएको छ ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Formation of political dialogue committee under the leadership of Priyadar in Viveksheel Bhajan

काठमाडौँ — विवेकशील साझा पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ । पाँच सदस्यीय संवाद समितिको उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन् ।

समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दीका लागि समितिले पहल गर्ने पार्टीको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेका बेला समान विचार भएका दल, समूह र  अभियानकर्मीहरुको बृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखी 'मिसन ८४ ' सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको जनाएको छ । 

कान्तिपुर

Link copied successfully