मुख्यमन्त्री बानियाँद्वारा प्रतिपक्षी दलसँग विश्वासको मत दिन आग्रह

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

श्रावण २७, २०८२

रासस

Chief Minister Baniyan asked opposition parties to vote of confidence

बाग्मती — बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको मागेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उनले विश्वासको मत मागेका हुन् । 

प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गरेका छन् । 

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

रासस

Link copied successfully