सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी हुन् : बाँस्कोटा

सांसद बाँस्कोटाले सार्वजनिक लेखा समितिमा बेरुजु र भ्रष्टाचारलाई फरक दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका छन्।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

The eyes that see all corruption are also corrupt: Baskota

काठमाडौँ — नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी भएको आरोप लगाएका छन् ।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको  बेरुजुसम्बन्धी छलफलमा उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए । उनले विगत कोट्याएर बस्नुभन्दा अगाडि देखिएका चुनौतीका चाङहरूलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सबै बेरुजूलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्ट्राचारी हुन् । भ्रष्टाचार बेरुजु फरक कुरा हुन् ।’

सांसद बाँस्कोटाले बेरुजु फर्स्यौटलाई कानुनी र व्यवहारिक रूपमा सहज बनाउनुपर्नेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully