राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनितिमा आउन सुहाउँदैन : गौतम

उनले राष्ट्रपति जस्ताे गरिमामय पदमा पगेकाे व्यक्ति जाे केाेही भएपनि सक्रिय रानजितिमा आउन नहुने बताए ।

श्रावण २३, २०८२

दीपेन्द्र शाक्य

A person who has become president is not suitable for active politics: Gautam

सङ्खुवासभा — नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गाैतमले राष्ट्रपति भएकाे व्यक्ति सक्रिय राजनितिमा आउन नसक्ने दाबी गरेका छन्।

संखुवासभाको खाँदबारीमा प्रेस चाैतारी नेपालले आयाेजना गरेकाे पत्रकार भेटघाटमा उनले राष्ट्रपति जस्ताे गरिमामय पदमा पगेकाे व्यक्ति जाे केाेही भएपनि सक्रिय रानजितिमा आउन नहुने बताए ।

'उहाँ हाम्राे अभिभावक र गाैरव हाे,' उनले भने, 'त्यही भएर राजनितिमा आउनु हुँदैन, याे कुनै संवैधानिक पद हैन। उहाँ उच्च आशनमा बस्नुपर्छ, सीमा नाघ्नुहुँदैन, राजनीतिमा आउने सम्भावना कुनै हालतमा छैन।'

उमेर हदकाे व्यवस्था पनि अब हुने विधान अधिवेशनले टुङ्गाे लगाउने पनि बताए। हालै सरकारले गरेकाे अनलाइन पत्रिका दर्ता र नवीकरण जिल्ला प्रशासनलाई दिएकाे बिषयमा भने छलफल गर्ने बताए ।

संखुवासभामा भएका साना ठूला खाेलाकाे अधिक प्रयाेग गर्नुपर्ने उनले बताए । 'उर्जा र जलश्राेतले संखुवासभाकाे भाग्य र भविष्य बदल्नेछ,' उनले भने, 'याे जिल्लामा स्थापना हुने याेगमाया हिमालयन आयुर्वेद विश्व विद्यालयले पनि थप उचाइमा पुर्‍याउने छ।'

दीपेन्द्र

Link copied successfully