अध्यक्ष महतोले केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय विज्ञ समितिका अध्यक्ष, सदस्य सचिव र सदस्यहरुसमेत चयन गरेका छन् ।
काठमाडौँ — राजेन्द्र महतो नेतृत्को राष्ट्रिय मुक्ति पार्टी नेपालको पदाधिकारी र सदस्य चयन गरिएको छ ।
२०२१ फागुन १२ र १३ को पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार अध्यक्ष महतोले केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको मंगलबार विज्ञप्तिमार्फत जनाएका छन् ।
अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, सात सहमहासचिव, दुई प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सात जना सचिव चयन गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै अध्यक्ष महतोले केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय विज्ञ समितिका अध्यक्ष, सदस्य सचिव र सदस्यहरुसमेत चयन गरेका छन् ।
सूची
![Selection of officers and members of National Liberation Party: President 1, General Secretary 5 [list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/rastriya-mukti-party-0582025020741-1000x0.jpg&w=1001&h=0)