संघीय लोकतान्त्रिक मोर्चाको 'जनजागरण अभियान' सुरु

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Federal Democratic Front's 'Public Awareness Campaign' started

काठमाडौँ — विभिन्न ७ पार्टी मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चाले आइतबारदेखि 'जनजागरण अभियान' सुरु गरेको छ । 

काठमाडौंस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरी मोर्चाको अभियान सुरु गरिएको हो । आइतबारको कार्यक्रम मोर्चाको घटक लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले समयसांपेक्ष संविधान संशोधन, मुलुकमा विद्यमान रहेको भ्रष्टाचारलगायत विकृति र विसंगति अन्त्य गरी जनतालाई सुशासनको प्रत्याभूति दिलाउनु पर्नेजस्ता विषय उठान गरेका छन् ।

काठमाडौंपछि भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्ने जनाएको छ । मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, रामुपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, तमलोपा र जनता प्रगतिशील पार्टी सम्मिलित छन् । 

कान्तिपुर

Link copied successfully