फेरि एउटा नयाँ आन्दोलन र विद्रोहले जन्म लिन्छ : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले सहिद परिवारको दुःख पीर सम्बोधनमा कमी भएको र सहिदको सम्मानमा त्रुटि भएको बताए।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Again a new movement and rebellion is born: President Dahal

What you should know

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक नयाँ विद्रोहले जन्म लिने बताएका छन् ।  आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित‘बोत्ले स्मृति दिवस’ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले 'प्रतिक्रियावादी षड्यन्त्र' विरुद्ध फेरि लड्ने बताएका हुन् । 

'अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, सहिद, बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ । पार्टी बैठकहरूमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध महान शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ,' अध्यक्ष दाहालले भने ।

'एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो,' उनले अगाडि भने ।

Again a new movement and rebellion is born: President Dahalआफूहरूबाट सहिदको यथोचित सम्मान र सहिद परिवारका दु:ख पीरमर्का सम्बोधन नहुनुमा  समीक्षा गरिएको पनि उनको भनाइ छ ।  'हामीले महान सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्‍यौँ, हाम्रा सहिद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गरिएको छ,' उनले भने । 

'१७ हजारका नाम'ले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको उनले बताए । 'हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ,' उनले भने । 

कान्तिपुर

Link copied successfully