मुख्य नेतृत्व कमजोर हुँदा पार्टीलाई चारैतिरबाट प्रहार हुने भएकाले अध्यक्ष दाहाललाई बलियो बनाएर आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार र प्रमुख प्रतिपक्ष भइसकेपछि राम्रो काम भएको भन्दै उपमहासचिव वर्षमान पुनले मुख्य नेतृत्वलाई कमजोर बनाउन नहुने भनाइ राखेका छन् ।
मुख्य नेतृत्व कमजोर हुँदा पार्टीलाई चारैतिरबाट प्रहार हुने भएकाले अध्यक्ष दाहाललाई बलियो बनाएर आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिए ।
‘जनार्दनजीले पार्टीको विधिभन्दा बाहिर बोल्नु ठीक भएन । फरक मत छ भने पार्टीभित्रै राख्न सकिन्छ,’ जारी स्थायी समिति बैठकमा पुनको भनाइ थियो, ‘यसबारे जनार्दनजीले समीक्षा गर्नुपर्छ । सरकारमा हुँदा र प्रतिपक्षमा गएको बेला मुख्य नेतृत्वबाट राम्रो काम भएको छ । कमजोर पार्ने काम गर्नुहुँदैन ।’