बुढानीलकण्ठमा भक्तजनको भिड [तस्बिरहरू]

हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुर्व्यूहनारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।

श्रावण ९, २०८३

दीपक केसी

Crowd of devotees in Budhanilkantha [Photos]

काठमाडौँ — हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुर्व्यूहनारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।

Crowd of devotees in Budhanilkantha [Photos]

चार नारायणको आज र हरिबोधिनी एकादशीमा एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउने गरेका छन् ।

Crowd of devotees in Budhanilkantha [Photos]

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजा आजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।

Crowd of devotees in Budhanilkantha [Photos]
Crowd of devotees in Budhanilkantha [Photos]
Crowd of devotees in Budhanilkantha [Photos]
Crowd of devotees in Budhanilkantha [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully