Garbage diminishing the appeal of 'Big Fire' [Photos]

Locals complain that tourists themselves and the relevant bodies have not paid attention to waste management here.

Shrawn 5, 2083

Mahesh Kc

Garbage diminishing the appeal of 'Big Fire' [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Trash has increased in Thuli Daha, a picturesque tourist spot in western Rukum. With the increase in trash, the attraction of this area has also started to decrease. The trash has increased in this place due to the waste thrown carelessly by the people who visit here.

Garbage diminishing the appeal of 'Big Fire' [Photos]

यो ठाउँमा घुम्न आउनेहरूले विभिन्न प्लास्टिक र सिसाका बोतल छोडेका छन् । यसले एकातिर यो ठाउँलाई कुरूप बनाएको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारिरहेको स्थानिय इन्द्रकुमार कामी बताउँछन् । ‘पहिले–पहिले यस्तो हुन्थेन । तर केही वर्षयता यहाँ घुम्न आउनेहरू बढेका छन् । सँगसँगै उनीहरूले विभिन्न खाने कुरा ल्याउँछन् र खानेजति खाएपछि बाँकी चाहिँ यसरी छोडिदिन्छन्,’ उनले गुनासो गर्दै भने, ‘हामीले कतिलाई सम्झायौं अनि सफा गर्ने प्रयास पनि गर्‍यौं तर हाम्रो मात्रै प्रयासले केही भएन ।’

Garbage diminishing the appeal of 'Big Fire' [Photos]

जिल्ला सदरमुकाम मुसिकोट खलंगादेखि उत्तर–पूर्वतर्फ करिब ११ किलोमिटरको दूरीमा बैरीदहसम्म मध्यपहाडी राजमार्ग हुँदै सवारी साधनमा र त्यहाँदेखि करिब ३ किलोमिटर पैदल हिँडेपछि यो ठाउँसम्म पुग्नका लागि मुसिकोट नगरपालिकाले बाटो, प्रतीक्षालय र अरु विभिन्न आवश्यक संरचनाहरू बनाएकाले ठूलीदह पुग्न थप सहज भएको छ । तर, यहाँको फोहर व्यवस्थापनमा भने स्वयं पर्यटक तथा सरोकारवाला निकायले ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । 

Garbage diminishing the appeal of 'Big Fire' [Photos]

यस भेगको मुख्य चरन क्षेत्रका रूपमा समेत रहेको ठूलीदहमा आउने बस्तुभाउले समेत यी फोहर खाने गरेको बताउँदै स्थानीय कृषक रतु गिरीले आफ्ना गाईबाख्राको स्वास्थ्यमा असर पारिरहेको दुःखेसो गरे । उनले भने, ‘कुहिने चिज त अझ नष्ट भैहाल्छन् केही भएन, यहाँ त प्लास्टिकको खात छ अनि सिसाका टुक्रा–टाक्री पनि जहाँ पायो त्यहीँ छोडिएको छ । यसले त हामीलाई निकै असर गर्छ ।’ ठूलीदहको सुन्दरतालाई थप प्रभावकारी एवं सुरक्षित बनाउनका लागि नगरपालिकामार्फत वडा कार्यालयले धेरै काम गरेको बताउँदै वडाध्यक्ष एक्कबहादुर पाण्डेले फोहर व्यवस्थापनमा पनि आफूहरूले सकेको कोसिस गरिरहेको बताउँदै चालु आर्थिक वर्षको साउनदेखि अब उक्त स्थानमा एक जना रेखदेख गर्ने मान्छे नै राख्ने तयारी गरिएको बताए ।

Garbage diminishing the appeal of 'Big Fire' [Photos]

‘सुन्दर ठाउँमा मान्छेहरूले त्यसरी फोहर गरेकामा हामीलाई धेरै दुःख लागेको छ । एक महिनाअघि पनि त्यसको सरसफाइका लागि हामीले केही स्वयंसेवक युवालाई परिचालन गरेका थियौं । फेरि पनि फोहर जम्मा भएको छ । हामी त्यसलाई पनि सरसफाइ गर्ने योजनामा छौं,’ वडाध्यक्ष पाण्डेले भने, ‘यस वर्षदेखि एक जना मान्छे नै राखेर उक्त ठाउँको रेखदेख गर्ने र यहाँ घुम्न आउने पर्यटकबाट समेत न्यूनतम शुल्क उठाएर यो ठाउँलाई व्यवस्थित गर्ने नगरपालिकाको तयारी छ ।’वैशाख–जेठमा विभिन्न फूल अनि बर्खामा हरित सुन्दरतासँगै हिउँदमा हिउँ अनि गृष्मकालमा वसन्ती वनको सुन्दरता यहाँको मुख्य आकर्षण हुन् ।

Mahesh

Link copied successfully