साउने सोमबारलाई वैदिक सनातन हिन्दु धर्मावलम्बीका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्वका रूपमा लिइन्छ ।
काठमाडौँ — आज साउनको पहिलो सोमबार । बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको छ ।
![First Monday of Shrawan: Devotees throng Shiva temple [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/saun-sombar-5-2072026092006-1000x0.jpg&w=1001&h=0)
![First Monday of Shrawan: Devotees throng Shiva temple [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/saun-sombar-1-2072026092022-1000x0.jpg&w=1001&h=0)