Colorful wildflowers are now blooming profusely on the hilly peaks here, which seem to be nestled in the lap of the mountains.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
बर्खायाम सुरु भएसँगै लेकाली पाटनहरूमा प्रकृतिले हरियाली रंग भर्न थालेको छ। यही सुन्दरताले यतिबेला रुकुम पूर्वको चौँरी लेकमा रमाउनेहरूको संख्या बढिरहेको छ।
समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा रहेको महिमालको फेदी, फूलैफूलको आँगन, चुङुरी बुकी अर्थात् रुकुम पूर्वको चौँरी लेक। हिमालकै काखमा ओत लागेजस्तो देखिने यहाँका पहाडी थुम्काहरूमा यतिबेला रंगीचंगी बुकी फूलहरू ढकमक्क फुल्न थालेका छन्। यो दृश्य देख्दा लाग्छ, हाम्रो सपना र कल्पनामा आउने एउटा सुन्दर ‘स्वप्न बगैँचा’ यही हो।
यो सुन्दरतासँग रमाउँदै शीतल बतासमा मन र शरीरलाई विश्राम दिई शान्ति र आनन्द लिन यहाँ पुग्नेहरूको संख्या बर्सेनि बढिरहेको छ। यहाँ जो आएको छैन, उसले यसको सौन्दर्यको अनुभूति गर्न पाएको छैन। जो यहाँ पुगेको छ, उसलाई यहाँबाट फर्किन मन मान्दैन।



