विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गरेर आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेका शेर्पालाई शुक्रबार काठमाडौंमा स्वागत गरिएको हो ।
काठमाडौँ — प्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गरेर आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेका शेर्पालाई शुक्रबार काठमाडौंमा स्वागत गरिएको हो । अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा जेठ ३ गते बिहान १०:१२ बजे शिखरमा पुगेका थिए । यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानलाई अझ मजबुत बनाएका छन् ।
![Grand welcome for Kami Rita, who climbed Mount Everest for the 32nd time, in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/default/70007845317388887875265444085697651161011646n-2252026090333-1000x0.jpg&w=1001&h=0)
![Grand welcome for Kami Rita, who climbed Mount Everest for the 32nd time, in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/default/70010183816285985315547864193529072910900045n-2252026090331-1000x0.jpg&w=1001&h=0)