The landslide has already damaged most of the land in the Tilkechaur settlement, which is spread over an area of about 150 ropanis. Twelve houses in the settlement, which has 17 households, have been damaged and six families have been displaced.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Balkrishna Thapa of Tilkechaur in Sorung Chhabise, Katari Municipality-10, Udayapur, never imagined having to leave his village. But despite his ancestral land, the closeness of his neighbors, and the love of his village, he was forced to leave the village after the risk of his house collapsing due to land subsidence increased.
२०८१ वैशाख १७ मा उनी कटारी नगरपालिका–५ बरमझिया झरे । थापा मात्रै होइनन्, गाउँका मीनबहादुर थापा, डाकबहादुर थापा, गीता गिरी, यज्ञबहादुर थापा, केशव बस्नेत र अशोक विष्टजस्ता स्थानीय पनि थातथलो छोड्न बाध्य भएका छन् ।
झन्डै १५० रोपनी क्षेत्रफलमा फैलिएको थुम्को परेको तिल्केचौर बस्तीको अधिकांश जमिनमा धाँजा फाटिसकेको छ । १७ घरपरिवार रहेको बस्तीमा १२ घर चर्किएका छन् भने ६ परिवार बसाइँ सरेका छन् । बाँकी परिवार अहिले पनि चर्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य छन् । जमिन भासिने क्रम नरोकिने र वर्षायाममा खतरा झनै बढ्ने भएकाले स्थानीय त्रासमा छन् ।
तिल्केचौरमा जमिन फाट्न थालेको पाँच वर्षभन्दा बढी भइसकेको छ । २०७७ साल भदौतिर पहिलोपटक धाँजा फाट्न थालेको स्थानीय बताउँछन् । त्यसअघि २०७२ को भूकम्पपछि सोरुङ खोलाभन्दा माथिल्लो भागमा रहेको बारी भासिएको अनुभव भए पनि स्थानीयले त्यतिबेला त्यसलाई गम्भीर रूपमा लिएका थिएनन् । तर, २०७७ यता धाँजा फाट्ने क्रम तीव्र बन्यो । घरका भित्तामा चिरा देखिन थाले, आँगन भासिन थाल्यो र बस्ती नै जोखिममा पर्यो ।
स्थानीयले २०७८ वैशाख २८ मा वडा कार्यालयमा समस्याबारे जानकारी गराएपछि जेठ १० मा तत्कालीन वडाध्यक्ष लीलाराज भट्टराई, प्रहरी चौकीका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो । टोलीले डरलाग्दो अवस्थामा जमिन चिरा परेको निष्कर्ष निकाल्दै स्थानीय सरकार र भूगर्भविद्हरूलाई जानकारी गराउने निर्णय गर्यो । त्यसपछि ६ घरपरिवार तत्कालै स्थानान्तरण गर्नुपर्ने भन्दै मुचुल्का तयार गरिए पनि स्थानीय तहको चुनाव नजिकिँदै जाँदा प्रक्रिया अघि बढ्न सकेन ।
तिल्केचौरवासीका अनुसार २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारहरूले तिल्केचौरका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि कटारी नगरपालिकाको मेयरमा राजेशचन्द्र श्रेष्ठ र वडा नम्बर १० को वडाध्यक्षमा क्षेत्रबहादुर खड्का निर्वाचित भए । तर नयाँ जनप्रतिनिधि आएपछि पनि पुनःस्थापना र राहतको काम प्रभावकारी रूपमा अघि नबढेको स्थानीयको गुनासो छ ।भूगर्भ विभागका विज्ञहरूको अध्ययनले तिल्केचौरको जमिन सामान्य भौगोलिक अवस्था नभई चट्टान नै चिरा परेको क्षेत्र भएको निष्कर्ष निकालेको छ ।
२०७८ चैत १७ र १८ मा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल सिस्मोलोजिस्ट ठाकुर कँडेल र जिओलोजिस्ट कविता कार्कीको टोलीले स्थलगत अध्ययन गरेको थियो । २०७९ भदौ १४ मा बुझाइएको प्रतिवेदनमा बस्ती रहेको पहाडको चट्टान कमजोर भएको र जुनसुकै बेला ठूलो भासिने खतरा रहेको उल्लेख छ । विज्ञहरूका अनुसार वर्षायाममा पानी परेपछि जोखिम झनै बढ्ने देखिन्छ ।
प्रतिवेदनका आधारमा कटारी नगरपालिका–१० ले लाभग्राहीको सूची तयार गर्दै मीनबहादुर थापा, बालकृष्ण थापा, डाकबहादुर थापा, गीता गिरी, यज्ञबहादुर थापा र केशव बस्नेतलाई स्थानान्तरणका लागि छनोट गरेको थियो । मनसुजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना २०७७ कार्यविधिअनुसार नगरपालिकाले प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराएर नयाँ घर बनाउन सिफारिस गरेको थियो । नगर कार्यपालिकाले यो खर्चमा स्थानीय सरकारको १५ प्रतिशत, कोशी प्रदेश सरकारको ३० प्रतिशत र संघीय सरकारको ५५ प्रतिशत सहभागिता रहने निर्णय पनि गरेको थियो ।
तर, यही सूची र राहत वितरण प्रक्रियाका कारण विवाद उत्पन्न भयो । सुरुमा ६ परिवारलाई मात्रै लाभग्राही बनाइएको भन्दै अन्य पीडितले असन्तुष्टि जनाएपछि स्थानान्तरणको काम रोकियो । त्यसयता न लाभग्राहीले राहत पाए, न त बाँकी जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउामा सार्ने काम अघि बढ्यो । २०८० फागुन २४ मा अशोक विष्ट आफ्नै ऐलानी जग्गा भएको कटारी नगरपालिका–१० मा बसाइँ सरे पनि उनले समेत सहयोग पाएका छैनन् । ‘जग्गा खोजेर घर पनि बनाइयो, तर सरकारले अहिलेसम्म एक सुको दिएको छैन,’ उनी भन्छन् ।
‘सरकारले राहतस्वरुप ३ लाख दिने भने पनि सुधन गुरुङ गृहमन्त्री बनेका बेला ५६ हजार दिने प्रस्ताव आयो तर, त्यो रकम समेत आएन,’ पीडित परिवारकी एक सदस्य गिता थापाले बताइन् । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार नगरपालिकाले तिर्नुपर्ने १५ प्रतिशत रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरिसकिएको छ । तर, प्रदेश र संघीय सरकारले आफ्नो हिस्सा नपठाउँदा प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि कोषमा बजेट जम्मा गराउन प्रदेश र केन्द्रसँग निरन्तर संवाद भइरहेको बताए । तर, आर्थिक वर्ष सकिनै लाग्दासमेत पीडितले पहिलो किस्ता नपाउनु स्थानीयको मुख्य गुनासो बनेको छ ।
उनले तिल्केचौरको पहाड जुनसुकै बेला खस्न सक्ने भएकाले विस्तृत अध्ययन, सुरक्षित स्थानान्तरण, पक्की नाली निर्माण, वृक्षरोपण र अनियन्त्रित उत्खननमा रोक आवश्यक रहेको सुझाव दिएका छन् । आफ्नै गाउँ छोडेर हिँड्न बाध्य भएका परिवारहरूलाई तत्काल सुरक्षित पुनःस्थापना नगर्ने हो भने तिल्केचौरको संकट अझै गहिरिँदै जाने स्थानीयको चेतावनी छ ।










