अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरुले भोलि (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै व्रत समापन हुन्छ ।
चितवन — चैते छठको अर्घ्य दिन मंगलबार साँझपख चितवन नारायणगढ नारायणी नदी किनारमा भीडभाड लागेको थियो । छठ पर्व मिथिला क्षेत्रमा मनाउने गरिन्छ । मुख्य छठ तिहारलगत्तै कात्तिक या मंसिरमा पर्दछ । चैत महिनामा पनि छठ मनाउने चलन रहेको चितवनको सामुदायिक सेवा समितिका पूर्वसचिव तथा वर्तमान सल्लाहकार नारद परिहस्तले बताए ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरुले भोलि (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै व्रत समापन हुन्छ । कात्तिकमा पर्ने मुख्य छठमा नारायणगढ र चितवनका अन्य भेगमा सूर्य आरधनाका लागि नदी, खोला तथा ताल तलैयाहरुमा भक्तजनहरुको ठूलो भीडभाड लाग्छ । त्यसको तुलनामा चैते छठमा निकै कम संख्यामा भक्तहरु सूर्यलाई अर्घ्य दिने परिहस्त बताउँछन् ।
चितवनमा ५० को दशकपछि छठका बेला हुने भीडभाड बर्सेनि बढ्दै आएको हो । चैते छठमा पनि आठ १० वर्षयता भक्तहरुको जमघट बढ्न सुरु भएको परिहस्तले सुनाए । सूर्य आरधनासँग जोडिएको छठ पर्वका व्रतालुहरु कठोर विधि पालना गर्दै व्रत बस्ने गर्दछन् । छठमा गहुँको पिठोबाट बन्ने विशेष परिकार ठेकुवा रोटी प्रसादका रुपमा खाने चलन छ । सबै तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।
![Arghya of Chaite Chhath in Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaite-chhathnarayani-nadi-kinarnarayanghat-4-2432026024119-1000x0.jpg&w=1001&h=0)
![Arghya of Chaite Chhath in Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaite-chhathnarayani-nadi-kinarnarayanghat-11-2432026024134-1000x0.jpg&w=1001&h=0)
![Arghya of Chaite Chhath in Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaite-chhathnarayani-nadi-kinarnarayanghat-10-2432026024132-1000x0.jpg&w=1001&h=0)