३२ हात लामो रथ बनाएर चैते दसैंका दिनदेखि तान्ने गरिन्छ ।
काठमाडौँ — सेतो मत्स्येन्द्रनाथको रथयात्राका लागि यतिबेला रथ निर्माणको काम भइरहेको छ । चैत्र १२ गते दिउँसो ४ बजेदेखि तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ । ३२ हात लामो रथ बनाएर चैते दसैंका दिनदेखि तान्ने गरिन्छ ।
दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दसैंका दिन रथयात्रा सुरु हुन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने चलन छ । सेतो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।
चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते रथ बनाइसकिने गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए । रथ निर्माणका लागि काठलगायत व्यवस्था संस्थानले गर्छ । यस वर्ष पहिलो दिन चैत १२ गते रथ असन पुर्याइनेछ । रथ असन पुगेपछि पूजा, आराधना गरिनेछ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने हुनेछ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर समापन हुनेछ ।
![The white chariot of Matsyendranath being prepared [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/machhindranathchariot20260322b87a0218-2332026093114-1000x0.jpg&w=1001&h=0)
![The white chariot of Matsyendranath being prepared [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/machhindranathchariot20260322img2777-2332026093147-1000x0.jpg&w=1001&h=0)
![The white chariot of Matsyendranath being prepared [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/machhindranathchariot20260322img2776-2332026093140-1000x0.jpg&w=1001&h=0)