मेसिनद्वारा चैते धान रोपाइँ [तस्बिहरू]

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, जितपुरद्वारा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनले धान रोपाइँ भएको हो ।

चैत्र ९, २०८२

मनोज पौडेल

Planting Chaite rice by machine [Photos]

कपिलवस्तु — जिल्लाको उत्तरी क्षेत्रका कृषक चैते धान रोपाइँमा व्यस्त देखिएका छन् । विशेष गरी वाणगंगा नगरपालिकामा अहिले चैते धान रोपाइँको माचो चलेको हो । परम्परागत तरिकाले चैते धानको खेती गर्दै आएका वाणगंगा नगरपालिका–२, राजपुरका कृषक जयलाल भण्डारीले यस वर्ष मेसिनले चैते धानको रोपाइँ गरेको बताए ।

Planting Chaite rice by machine [Photos]

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, जितपुरद्वारा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनले धान रोपाइँ भएको हो । मेकानिकल राइस ट्रान्सप्लान्टर मेसिनद्वारा भण्डारीले १० कट्ठामा चैते–५ जातको धान रोपेका हुन् । दुई घण्टा नुपग्दै १० कट्ठा खेत रोप्दा आफू अचम्ममा परेको कृषक भण्डारीले बताए । वास्तवमा नयाँ प्रविधि भनेको श्रम, लागतमात्र नभएर समयको पनि धेरै बचत हुँदा अब आफु सक्दो नयाँ प्रविधि उपयोग गर्नेतिर लाग्ने उनले बताए ।

Planting Chaite rice by machine [Photos]

१५ देखि २० दिनमा तयार हुने चैते धानको बीउ रोपेर १ सय १५ दिनदेखि १ सय २० दिनमा काट्न तयार हुन्छ । अहिले रोपेको चैते धान बढीमा असार पहिलो साता काट्न तयार हुन्छ । अहिले वाणगंगा नगरपालिकामा १२ हेक्टरमा चैते धान रोपिएको छ । मेसिनले चैते धान रोप्दा ४० प्रतिशत लागत कम पर्ने हुँदा कृषकहरूले मेसिन प्रयोग गर्ने गरेको कार्यक्रम कार्यान्वयन एकाइका जेटीए निरज खनालले बताए ।

Planting Chaite rice by machine [Photos]
Planting Chaite rice by machine [Photos]
Planting Chaite rice by machine [Photos]
Planting Chaite rice by machine [Photos]
Planting Chaite rice by machine [Photos]
Planting Chaite rice by machine [Photos]
Planting Chaite rice by machine [Photos]

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully