कार्की आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै जेन-जीको प्रदर्शन [तस्बिरहरु]

२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै जेन-जी समूहले निरन्तर प्रदर्शन गरिरहे पनि सरकारले त्यसलाई सार्वजनिक गर्न चासो देखाएको छैन ।

चैत्र ८, २०८२

दीपक केसी

Gen-G protest demanding the release of the Karki Commission report [Photos]

काठमाडौँ — २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन-जी अभियन्ताहरु निरन्तर प्रदर्शनमा छन् । प्रतिवेदन सार्वजनिकका लागि दबाब दिन उनीहरुले आइतबार पनि काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै निरन्तर जेन-जी समूहले प्रदर्शन गरिरहे पनि सरकारले त्यसलाई सार्वजनिक गर्न चासो देखाएको छैन ।

Gen-G protest demanding the release of the Karki Commission report [Photos]

प्रतिवेदनमा २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको छ ।

Gen-G protest demanding the release of the Karki Commission report [Photos]

आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । २३ भदौको जेन–जी आन्दोलनमा भएको सरकारी दमन र २४ भदौमा भएको उत्पातको घटनामा ७६ जनाको ज्यान गएको थियो ।

Gen-G protest demanding the release of the Karki Commission report [Photos]

कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । उनीहरुले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै ‘तपाईंहरूले काम पूरा गर्नुभयो, अब जे गर्नुपर्छ, गर्छौं’ भनेकी थिइन् ।

Gen-G protest demanding the release of the Karki Commission report [Photos]

प्रधानमन्त्री कार्कीले प्रतिवेदन हेरेर पूरै विवरण सार्वजनिक गर्ने कि निष्कर्ष मात्रै बाहिर ल्याउने निर्णय गर्ने बताएकी थिइन् । प्रतिवेदनमा भएका कतिपय विषय आफूहरुको मनोबल गिराउने किसिमको भएको भन्दै प्रहरीले चाहिँ आपत्ति जनाइरहेको छ ।

Gen-G protest demanding the release of the Karki Commission report [Photos]
Gen-G protest demanding the release of the Karki Commission report [Photos]
Gen-G protest demanding the release of the Karki Commission report [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully