तीन दिनपछि दाउन्ने सडक खण्ड सहज [तस्बिरहरू]

आइतबार बिहान वर्षा रोकिएपछि र सडकको अवस्था केही सुधार भएसँगै सवारी साधन आवागमन सहज बन्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चैत्र ८, २०८२

नवीन पौडेल

Daunne road section cleared after three days [Photos]

परासी — वर्षाका कारण हिलो भएपछि अवरुद्ध बनेको दाउन्ने सडक खण्ड तीन दिनपछि सहज बनेको छ । शुक्रबारदेखि परेको वर्षाले सडक हिलाम्मे हुँदा सवारी साधन आवागमन प्रभावित भएको थियो । विस्तारका क्रममा रहेको दाउन्ने खण्डमा सडक ढलानको काम भइरहेका कारण वर्षापछि हिलो बढ्दा सवारी साधन सञ्चालनमा समस्या भएको छ । शनिबार यात्रुहरूले निकै सास्ती खेप्नुपरेको थियो । यात्रु कमल चापागाईंका अनुसार शनिबार करिब १४ किलोमिटर दूरी पार गर्न मात्रै १६ घन्टा लागेको थियो ।आइतबार बिहान वर्षा रोकिएपछि र सडकको अवस्था केही सुधार भएसँगै सवारी साधन आवागमन सहज बन्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Daunne road section cleared after three days [Photos]
Daunne road section cleared after three days [Photos]
Daunne road section cleared after three days [Photos]
Daunne road section cleared after three days [Photos]

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully