काठमाडौँ — जेन-जी आन्दोलनले ६ महिना पूरा गरेको सन्दर्भमा संसद् भवन नयाँ बानेश्वर अगाडि मैनबत्ती बालेर सहिदहरूको स्मरण गरिएको छ ।
शनिबार साँझ भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, सहिद परिवारका सदस्य तथा सर्वसाधारण सहभागी थिए । भदौ २३-२४ भएको आन्दोलनमा आन्दोलनमा सहभागी र प्रदर्शनकारी गरी ७६ जनाले ज्यान गुमाएका थिए ।