शुक्रबार राति साढे ११ बजेसम्म ११ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले ६ क्षेत्रमा विजय हाँसिल गरेको छ ।
काठमाडौँ — बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । शुक्रबार राति साढे ११ बजेसम्म ११ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले विजय हासिल गरेका छन् । तीन क्षेत्रमा नेपाली कांग्रेस र दुई स्थानमा नेपाली कम्युनिष्ट पार्टीले विजय हासिल गरेको छ ।
