बिहान सात बजेबाट मतदान सुरू हुने भए पनि मतदानस्थलमा बिहान ६ बजेअघि नै मतदाताहरू पुगि सकेका छन् ।
चितवन — प्रतिनिधि सभा सभा सदस्य निर्वाचनको आज बिहीबार मतदानको दिन । बिहान सात बजेबाट मतदान सुरू हुने भए पनि मतदानस्थलमा बिहान ६ बजेअघि नै मतदाताहरू पुगि सकेका छन् । चितवन-२ को भरतपुर महानगरपालिका-३ चमेलीदेवि पिया विद्यालय मतदान केन्द्रमा मतदाताहरू बिहान साढे पाँच बज्दा नबज्दै जुट्न सुरू भएका छन् । चितवनमा १६२ स्थलमा ४९२ मतदान केन्द्रहरु छन् । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा कुल मतदाता चार लाख ४२ हजार ८२ रहेको छ । जसमा महिला मतदाताहरु धेरै छन् । चितवन जिल्लाका कुल मतदान स्थलमध्ये २५ अतिशंवेदनशील, ९३ संवेदनशील र ४४ सामान्य अवस्थाका छन् । चितवनमा क्षेत्र नम्बर १ मा तीन स्वतन्त्रसहित १८ जना उम्मेदवार छन् । त्यसै गरी क्षेत्र नम्बर २ मा ६ स्वतन्त्रसहित २३ र क्षेत्र नम्बर ३ मा पनि ६ जना स्वतन्त्रसहित २३ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।
