झापा — झापा क्षेत्र नम्बर ५ को पृथ्वी मावि मतदान केन्द्रमा मतपेटिका सिल गर्न थालिएको छ । यहाँ शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
विभिन्न केन्द्रका मतपेटिका सिल गरेर संकलन गरी मतगणानस्थलमा पुर्याउन थालिएको छ ।
यो क्षेत्रमा एमालेबाट केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाह, कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, जसपाका धिरेन सुब्बा, जनमत पार्टीका अमृतलाल महतो, श्रम संस्कृति पार्टीका समीर तामाङ लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।