काठमाडौं — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका संकलनको काम धमाधम भइरहेको छ । बेलुकी ५ बजे मतदान सकिएपछि मतपेटिका संकलनको काम भइरहेको हो । विभिन्न केन्द्रका मतपेटिका सिल गरेर संकलन गरी मतगणनास्थलमा पुर्याउन थालिएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बोलाएर मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
पर्वतमा मतपेटिका संकलन गरिँदै । तस्बिर: सुमनजंग थापा/कान्तिपुर
पाँचथरको फिदिम नगरपालिका २ काे आदर्श आधारभूत मतदान केन्द्रमा मतदान सकिएपछि मत पेटिकाको सुरक्षा गर्दै प्रहरी र निर्वाचन प्रहरी । तस्बिर: लक्ष्मी गाैतम/कान्तिपुर
गुल्मीकाे धुर्काेटस्थित पाञ्चायन मावि मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम लैजान टिपरमा लोड गर्दै । तस्विर : गगनशिला खड्का/कान्तिपुर
कपिलवस्तुको तौलिहवास्थित निर्वाचन क्षेत्र नं. २ को यशोधरा मावि मतदान केन्द्र मतदान सकिएपछि मतपेटिका सिलबन्दी गरेर मतगणना स्थलसम्म लैजान गाडी कुर्दै प्रहरी । तस्बिर: मनोज पौडेल/कान्तिपुर