मतदानको दिन नजिकिँदै गर्दा काठमाडौंका सडक सुनसान हुन थालेका छन् । भोलि देशभरका १६५ निर्वाचन क्षेत्रमै प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यका छाडेर विभिन्न जिल्ला जानेको संख्या दैनिक बढ्दो छ । निर्वाचनका लागि करिब साढे ९ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताए ।
अहिले माइक्रो, जिप, ठूला यात्रुबस, मिनिबस, मोटरसाइकल र हवाईजहाजमार्फत विभिन्न जिल्लामा मतदाता गइरहेका छन् ।