पञ्चकोशी परिक्रमासमेत भनिने अन्तगृह परिक्रमामा जनकपुरबासीको पनि ठूलो संख्यामा उपस्थित रहेको छ ।
काठमाडौँ — जनकपुर वरिपरि घुमिने अन्तरगृह परिक्रमामा उत्साहजनक सहभागिता छ । पञ्चकोशी परिक्रमासमेत भनिने अन्तगृह परिक्रमामा जनकपुरबासीको पनि ठूलो संख्यामा उपस्थित रहेको छ ।
नेपाल र भारतका १ सय २० किलोमिटर पदयात्रा गरिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा गत फागुन ४ गते सोमबारका दिन धनुषाको मिथिला बिहारीस्थित मन्दिरबाट परिक्रमाको सुभारम्भ भएको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले १५ दिने परिक्रमामा सहभागीलाई बिदाई गरेका थिए । अन्तरगृह परिक्रममा पुरुष, महिला र युवायुवतीको उत्साहजनक सहभागिता देखियो ।
१५ दिने १ सय २० किलोमिटर लामो धार्मिक परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमासँगै सकिनेछ । अन्तगृह परिक्रमा सकिएको भोलीपल्ट मात्र जनकपुरमा होली पर्व मनाउने परम्परा छ । जसअनुसार जनकपुरमा बुधबार मात्र होली पर्व हुनेछ । अन्तरगृह परिक्रमामा मधेश प्रदेशका सभामुख रामआशिष यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासलगायतको सहभागिता थियो ।
दुःख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वाससहित परिक्रममा सहभागिता जनाउने गरिएको छ । फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका–८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा प्रारम्भ भएको थियो ।




