तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जीतपुर एवं चन्द्रौटामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट सोमबार बिहानैदेखि निर्वाचन सामग्री बुझेर कर्मचारीहरू कार्यक्षेत्रतर्फ लागेका छन् ।
कपिलवस्तु — बिहीबार हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जीतपुर एवं चन्द्रौटामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट सोमबार बिहानैदेखि निर्वाचन सामग्री बुझेर कर्मचारीहरू कार्यक्षेत्रमा खटिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका र निर्वाचनका लागि प्रयोग हुने ५२ प्रकारका सामग्री, मतदाता नामावली र अनुसूची फारम बुझेर उनीहरू कार्यक्षेत्रतर्फ लागेका हुन् । सामग्री बुझ्न दिनभरजसो निर्वाचन कार्यालयमा कर्मचारीको भीड लागेको थियो । तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ४ सय ९१ मतदान केन्द्र छन् । तिनमा २ हजार ९ सय ४६ कर्मचारी खटिएका छन् ।
![Employees carrying election materials from Kapilvastu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/nirbachanmanoj-photo3-0232026104333-1000x0.jpg&w=1001&h=0)
![Employees carrying election materials from Kapilvastu [Photos]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
![Employees carrying election materials from Kapilvastu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/nirbachanmanoj-photo24-0232026104925-1000x0.jpg&w=1001&h=0)