फागुन २१ को निर्वाचनअघि निर्वाचन प्रहरीहरु काठमाडौंका चोक-चोकमा ट्राफिक जामलाई नियन्त्रणमा लिन खटिरहेका हुन् । उपत्यकामा ट्राफिक प्रहरी कम भएपछि उनीहरुलाई उक्त जिम्मेवारी दिइएको हो ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना भएका निर्वाचन प्रहरी (साविकमा म्यादी प्रहरी) काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको काममा खटिएका छन् । फागुन २१ को निर्वाचनअघि निर्वाचन प्रहरीहरु काठमाडौंका चोक-चोकमा ट्राफिक जामलाई नियन्त्रणमा लिन खटिरहेका हुन् । उपत्यकामा ट्राफिक प्रहरी कम भएपछि उनीहरुलाई उक्त जिम्मेवारी दिइएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ सदस्य गरी कूल २७५ सिटको एकै दिन चुनाव हुँदै छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति चुनावी सुरक्षामा खटिँदैछन् । यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनाथ गरिएको छ ।
![Election police taking charge of traffic [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/64019359719668309407115522241006383760078552n-0132026125839-1000x0.jpg&w=1001&h=0)
![Election police taking charge of traffic [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/6402901687205760678040991125106080935260673n-0132026125814-1000x0.jpg&w=1001&h=0)