पाँचथर बहुमुखी क्याम्पसको प्रांगणमा गराइएको नमुना अभ्यासमा मतदान सामग्री बुझेदेखि मतदान केन्द्रमा लैजाने, सर्वदलीय बैठक राख्ने, निर्णय गराउने, मतदाता नामावली रुजु गर्न खटेका राजनीतिक दलका प्रतिनिधिको स्थान व्यवस्थापन, मतपत्रको सुरक्षा, मतपेटिका सिल गर्ने र मुचुल्का उठाउनेसम्मका अभ्यास गराइएका थिए ।
पाँचथर — प्रतिनिधिसभा निर्वाचन प्रभावकारी रुपमा सञ्चालन गर्न पाँचथरमा नमुना मतदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर नमुना मतदान अध्यास गराएका हुन् ।पाँचथर बहुमुखी क्याम्पसको प्रांगणमा गराइएको नमुना अभ्यासमा मतदान सामग्री बुझेदेखि मतदान केन्द्रमा लैजाने, सर्वदलीय बैठक राख्ने, निर्णय गराउने, मतदाता नामावली रुजु गर्न खटेका राजनीतिक दलका प्रतिनिधिको स्थान व्यवस्थापन, मतपत्रको सुरक्षा, मतपेटिका सिल गर्ने र मुचुल्का उठाउनेसम्मका अभ्यास गराइएका थिए ।
नमुना मतदानमा १ सय २ जना सहभागी भएका थिए । मतदानमा खट्ने सुरक्षाकर्मी, निर्वाचन प्रहरी र कर्मचारीका लागि सुरक्षा व्यवस्थापनका विधिहरुबारे पनि जानकारी गराइएको छ ।यसैबीच पाँचथरका मतदान केन्द्रमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु भएको छ । बुधबार सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।जिल्लाका १ सय २ मतदान स्थल र १ सय ७९ मतदान केन्द्रमा १ हजार बढी कर्मचारी खट्नेछन् ।
![This is how the mock voting was conducted in Panchthar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/namuna-matadan-abhyas-11-2522026121953-1000x0.jpg&w=1001&h=0)
![This is how the mock voting was conducted in Panchthar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/namuna-matadan-abhyas-4-2522026122016-1000x0.jpg&w=1001&h=0)