प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीको सहभागितामा विशेष समारोह गरिन्छ ।
काठमाडौँ — आज देशभर ७६औं प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको वंशीयतन्त्र नभई प्रजाहरूकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो ।

