टुँडिखेलमा यस्तो देखियो सेना दिवस [तस्बिरहरू]

सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो ।

फाल्गुन ३, २०८२

दीपक केसी

काठमाडौँ — नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै छ ।

सैनिकमञ्च टुँडिखेलमा भने आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरियो । जहाँ राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा सहभागी भए । उनी नेपाली सेनाको परमाधिपति हुन् ।

सेना दिवसका असरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully